Tune to BFM 91.2|Biratnagar

विपन्न समुदायका व्यक्तिहरुलाई खाना वितरण

विराटनगर २२ जेठ । निषेधाज्ञाका कारण काम गर्न नपाउँदा जीविकोपार्जनमा समस्या भएका विपन्न समुदायका व्यक्तिहरुलाई युवा अभियान समूहले खाना वितरण गरेको छ । समूहले विगत २० दिनदेखि विपन्न समुदाय र मजदुरहरुलाई खाना वितरण गर्दै आएको छ । आर्थिक अभावका कारण रोगले भन्दा भोकले मर्ने सम्भावना रहेको देखेर समूहले खाना खुवाउने अभियानलाई जारी राखेको जनाइएको छ ।

नेपालमा अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले देशव्यापी निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै जसो क्षेत्र ठप्प छ । जसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्गलाई बिहान बेलुकाको हात मुख जोड्न पनि समस्या भएको छ ।

यसैलाई मध्यनजर राखेर खाना वितरण गरिएको समूहका अध्यक्ष सञ्चय विकले बताउनुभयो । उहाँले संस्थाका सदस्य र समाजसेवीहरुबाट संकलन गरिएको रकमबाट लकडाउन अवधिभर अति विपन्न वर्गका मानिसहरुलाई खाना खुवाउने योजना रहेको सुनाउनुभयो । हरेक दिन महेन्द्र चौक, भुमिसुधार चौकदेखि रानी भन्सारसम्म पुगेर अति विपन्न ३ सय ५० जनालाई खाना खुवाउँदै आएको अध्यक्ष विकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button