Tune to BFM 91.2|Biratnagar

विप्लव नेतृत्वको नेकपाका मोरङ इन्चार्ज पक्राउ

विराटनगर, ८ माघ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका मोरङ इन्चार्ज धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । मोरंगको बुढीगंगा गाउँपालिका ४ बाट हिजो साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभाको मादी नगरपालिका ४ स्थायी ठेगाना भएका ३२ बर्षिय डिवि सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताउनुभयो । विप्लव समुहका कार्यकर्ताद्वारा मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्काई चन्दा रकम असुल्ने लगायतका अन्य गतिविधि गरिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको डिएसपी राईले बताउनुभयो ।

उहाका अनुसार पक्राउ गरिएका विकको शरिर खानतलासी गर्दा सेमी अटोमेटिक पोस्तोल १ थान, म्याग्जिनमा लोड अवस्थामा केएफ ७ दशमलव ६५ लेखिएको ३ राउण्ड गोली , विभिन्न कम्पनीका ४ थान मोवाइल बरामत गरिएको छ ।

अनुसंधानका क्रममा विक मोरङ मिक्लाजुङ्ग गाउँपालिका १ बर्खेको सरस्वती आधारभुत विद्यालयका शिक्षक ५४ बर्षिय राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न देखिएको डिएसपी राईले बताउनुभयो । शिक्षक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरि हत्या गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button