विप्लव समूह आतंककारी ः प्रधानमन्त्री ओली

0
60

विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको समूह एकपछि अर्को आतंककारी गतिविधीतर्फ उन्मुख हुँदै गएका कारण सरकार कठोर बन्नु परेको बताउनु भएको छ । आफूलाई आफैले राजनैतिक दलको संज्ञा दिएर विप्लव समूह विभिन्न विध्वंसात्मक र आतंककारी गतिविधीमा लागेको उहाँको आरोप छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै ओलीले ‘विप्लव’ नेत्रृत्वको नेकपा कुनै दल विशेष र आधिकारिक नभइकन अनाधिकृत झुण्ड भएको बताउनु भयो । उहाँले काहीं पनि दर्ता नभएका कारण यसलाई दल मान्न नसकिने र आधिकारिक रुपमा लिन नसकिने तर्क गर्नु भयो । विध्वंस र आतंक मच्चाएर जनविरोधी गतिविधीलाई निरन्तरता दिएकै कारण उ माथि सरकारले प्रतिबन्ध लगाउने कठोर निर्णय लिनु पर्ने अवस्था आएको ओलीले स्पष्ट पार्नु भयो ।

जनविरोधी गतिविधी गर्दै ठाउँ ठाउँमा बम पड्काएर जनतामा मार्दै हिंड्नेलाई आतंककारी भन्दा केही फरक नपर्ने ओलीको तर्क छ । उहाँले बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधि र जनतालाई धम्क्याउने एवं तर्साउने कार्य सरकारलाई मान्य नहुने स्पष्ट पार्नु भयो । ओलीले विप्लवलाई जनभावना अनुसार अघि बढेर राजनैतिक गतिविधी सञ्चालन गर्न र जनताको सेवामा लागेर जनताको मन जित्न पनि आग्रह गर्नु भयो । उहाँले विप्लवले उठाएका मुद्धा र राखेका माग सभ्य समाजले सुन्न सक्ने खालको नभएको टिप्पणी गरे । एक अर्को प्रशंगमा प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीपरिषद् पुर्नगठन नहुने जानकारी दिनु भयो । ओलीले पृथकतावादी सोंच बोकेका सीके राउतलाई सहमतिमा ल्याउन सक्नु सरकारको ठूलो उपलब्धी भएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here