Tune to BFM 91.2|Biratnagar

विभिन्न देशबाट आएका १ सय ४ जना चतराको होल्डिङ सेन्टरमा

विराटनगर, ५ असार । तेस्रो मुलुकका विभिन्न देशबाट आएका एक नम्बर प्रदेशका १ सय ४ जना नेपाली नागरीकहरु सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा आईपुगेका छन् ।

बुधबार काठमाडौं आईपुगेका १ सय ४ जना नेपाली नागरिकहरु चतराको रामानन्दाचार्य सेवापीठमा श्री पूर्वी पृतना हेडक्वाटरद्धारा तयार गरिएको प्रदेश स्तरीय होल्डिङ सेन्टरमा आईपुगेका हुन् ।

उनीहरुलाई केहि समय होल्डिङ सेन्टरमा नै राखेर स्थानिय नियकायहरुसँग समन्वय गरी आ–आफ्नो जिल्ला पठाईने पूर्वी पृतना सूचना तथा सम्पर्क शाखाले जानकारी दिएको छ ।

पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाका अनुसार एक नम्बर प्रदेश अन्तरगत विभिन्न जिल्लाका ५४ जना, सिंगापुरबाट २० जना थाईल्याण्डबाट २१ जना र बंगलादेशबाट १० जना गरी १ सय ४ जना आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button