Tune to BFM 91.2|Biratnagar

विराटनगरका उद्योगीको लगानीमा सञ्चालनमा आयो ‘बी स्योर’ प्रयोगशाला

विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ । विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा र नवीन रिजालको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो ।

करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको प्रयोगशालाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज उद्घाटन गर्नु भएको हो । मन्त्री कार्कीले अहिलेको महामारीलाई सामाना गर्ने गरी निजी क्षेत्रबाट संचालनमा ल्याएको पीसीआर ल्याबले यहाँका नागरिकलाई राहत मिल्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button