Tune to BFM 91.2|Biratnagar

विराटनगरका पसलहरुमा अनुगमन

विराटनगर, ८ साउन । विराटनगर महानगरपालिकाले नगर क्षेत्र भित्र रहेका जिवन विकास डेरी, नोवेल डेरी र अन्य खाद्यय पसलहरुमा अनुगमन गरेको छ ।

विराटनगर स्थित, पुस्पलाल चौक, बुद्ध चौका पोखरीया, राइस मिल चौक लगायतका किराना पसलहरुमा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको नेतृत्वमा आज अनुगमन गरेको हो ।

अनुगमनको क्रममा जिवन विकास डेरीमा सरसफाई नरहेको पाएपछि उपप्रमुख कार्कीले डेरीका सञ्चालकहरुलाई सरसफाई राख्न निर्देशन दिनुभएको छ ।

उहाँले अव उपरान्त सरसफाई नरहेको पसलका सञ्चालकहरुलाई विराटनगर महानगरपालिकाले तत्काल कार्वाही गर्ने चेतावनी समेत दिनुभयो । उपप्रमुख कार्कीले उपभोक्ताहरु नठगिउन भनेर बजार अनुगमनलाई निरन्तरता दिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button