Tune to BFM 91.2|Biratnagar

विराटनगरका बिभिन्न वडामा राहत वितरण

विराटनगर, २४ चैत । विराटनगर महानगरपालिकाले आज पनि बिभिन्न वडामा राहत वितरण गरेको छ । विराटनगर महानगरपालिकाले वडा नं ११ को मरिक टोल र व्रह्मपुराका २ सय ५० जनालाई राहत प्रदान गरेको हो ।

महानगरले वितरण गरेको राहत सामाग्रीमा चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खाने तेल, एक केजी नुन र एउटा साबुन रहेको छ । महानगरले आगामी तीनदिनभित्र २६ हजार विपन्न नगरवासीहरुलाई राहत खाद्यान्न वितरण गरीसक्ने भएको छ ।

यसैगरी मोरङ क्षेत्र ६ का सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले वुढिगंगा गाउँपालिकाका विपन्न परिवारहरुलाई ५० बोरा चामल १० बोरा आलु वितरण गर्नुभएको छ । विराटनगर –५ र ७ को कारखाना टोल, हरियाली टोलका १ सय ६१ विपन्न परिवारलाई समेत खाद्यान्न वितरण गरिएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिकामा वसोवास गर्ने विपन्न परिवारलाई वितरण गर्न १ हजार ५ सय सय किलो चामल र १५० किलो नुने नगरपालिकालाई हस्तान्तरण गरेको स्वकिय सचिव मनोज राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button