Tune to BFM 91.2|Biratnagar

विराटनगरका युवाहरुद्धारा भारतीय निर्णयको विरोध

विराटनगर, २७ बैशाख । नेपाली भूमि मिचेर लिपुलेकमा सडक निर्माण गरेपछि विराटनगरका युवाहरुले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन ।

आज स्वतन्त्र युवा समूह बिराटनगरले सीमावर्ती क्षेत्र रानीमा मोदीको पुत्ला दहन गरेको हो । युवासमुहका अध्यक्ष हमिद आजादको नेतृत्वमा पुगेको युवाहरूको समुहले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता गर्न पनि माग गरेको आजादले बताउनुभयो ।

उनीहरूले नेपाल माथिको भारतीय हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेका छन । सीमा मिचिएको विषयमा सरकार चुप लागेर बस्न नहुने भन्दै भारतीय कदम प्रति विरोध जनाएकाछन ।

हिजो भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोबर जाने सडक उद्घाटन गरेको थियो । नेपाली पक्षसँग सल्लाह नै नगरी एकलौटी ढंगले भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण गरेपछि भारतको कदम विरूद्ध जनता आक्रोशित बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button