Tune to BFM 91.2|Biratnagar

विराटनगरका विद्यालय आजदेखि सञ्चालन हुँदै

विराटनगर २ पुस । विराटनगरका विद्यालयहरु आज (विहिबार) देखि सञ्चालनमा आउने भएका छन् । ८ महिनादेखि बन्द भएका विद्यालय आज देखि सञ्चालन गर्नेबारे महानगरले मंसिर २१ गते निर्णय गरेको थियो । विराटनगरका केही विद्यालय भने यसअघि देखि नै सञ्चालनमा आईसकेका छन् ।

महानगरले संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधार समेत हेरि व्यवस्थापनमा सहजताका लागि विद्याललय सञ्चालन गर्न ७ बुँदे विकल्प दिएको छ । सवै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग समयमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय हेरि तत्ला कक्षाहरुलाई पहिले र माथिल्लो कक्षा पछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरि पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्ने लगायतका कार्यविधि बनाईएका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताउनुभयो ।

उहाका अनुसार विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सञ्चालन गरिने छ । विराटनगर महानगरपालिकाले विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन नसकेपछि स्थानीय रेडियो तथा टिभीबाट शिक्षण सिकाई तथा पाठ प्रसारण कार्यक्रम सञ्चालन गरेको थियो । निजी विद्यालयले पठन पाठन क्रियाकलाप शुरु भएका दिन देखि शुल्क लिने प्याब्सनका केन्द्रीय अध्यक्ष तथा एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका प्रिन्सीपल टीकाराम पुरीले बताउनुभयो ।

उहाले शुल्कको विषय समाधान भईसकेको बताउनुभएको छ। अभिभावकहरु विद्यालय बन्द भएको अवधिको शुल्क नतिर्ने बताउँदै आएका छन् । विद्यालय बन्दको अवधिको शुल्क विद्यालयले लिन नपाउने अभिभावक संघ प्रदेश १ का संयोजक देवी पन्थीले बताउनुभयो । मोरङका १७ स्थानीय तह मध्ये विराटनगर बाहेकका स्थानमा भने विद्यालयहरु सञ्चालन भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button