विराटनगरका विवेक राईलाई मेन्स सिङल्सतर्फ स्वर्ण पदक

0
253

विराटनगर, १५ पुस । काठमाण्डौंमा सम्पन्न पारा नेशनल स्पोट्र्स च्याम्पियनसीपमा विराटनगरका विवेक राईले मेन्स सिङल्सतर्फ स्वर्ण पदक जितेका छन् । काठमाडौको जोरपाटी स्थित टेबुल टेनिस कभर्ड हलमा सम्पन्न खेलमा विराटनगर पारा टेबुल टेनिस ट्रेनिङ सेन्टरका खेलाडी राईले स्वर्ण पदक हासिल गरेका हुन । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेशनल फिजिकल डिसेबल्ड टेबुल टेनिस एसोसिएसन नेपालको तत्वावधानमा आयोजित सो प्रतियोगीतामा काठमाडौ सहित विराटनगर, पोखरा, दाङ, सुर्खेत र धनगढीका पारा ट्रेनिङ सेन्टरका खेलाडीहरुको सहभागीता थियो । मेन्स सिङल्स तर्फ राईको राष्ट्रिय स्तरको यो तेस्रो उपाधी भएको प्रशिक्षक विकेन थापाले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here