Tune to BFM 91.2|Biratnagar

विराटनगरका शैक्षिक संस्था भोलिदेखि सञ्चालनमा आउँदै

विराटनगर १ पुस । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि बन्द भएका विराटनगरका शैक्षिक संस्था भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछन् ।विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालय सञ्चालक र अभिभावक दुवै गम्भीर हुनुपर्ने महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताउनुभयो ।

खतिवडाले शैक्षिक सत्र खेर नफ्mाल्ने सरकारको नीतिअनुसार महानगर क्षेत्रका विद्यालय पनि सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । सरोकारवालासँगको छलफलपछि भोलि बिहीबारदेखि महानगरका सामुदायिक र संस्थागत विद्यालय सञ्चालन हुन लागेको उहाँले प्रस्ट पार्नुभयो ।

त्यसका लागि विद्यालयले सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने नगर शिक्षा अधिकारी खतिवडाले बताउनुभयो । खतिवडाले विद्यालय सञ्चालनका लागि आवश्यक मापदण्ड बनाएर निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button