विराटनगरका सबै सफाइ कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका स्वाब संकलन गरीएका सबै सफाइ कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
विराटनगर १५ घर भएका विराटनगर महानगरपालिकाका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सबै सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो ।
सफाइ कर्मचारीसहित विराटनगर–१५ र ६ नम्बर वडाका शंकास्पद १२० जनाको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
दुईजनामा संक्रमण देखिएपछि महानगरपालिकाले संक्रमित देखिएको टोल र महनगरका सफाइ कर्मचारीमा कोरोना परीक्षण गरेको थियो ।