Tune to BFM 91.2|Biratnagar

विराटनगरका २० वटा कलेज र विद्यालयमा कचहरी नाटक

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले विराटनगर क्षेत्रका २० वटा विद्यालय र कलेजका विद्यार्थीलाई सचेतनामूलक कचहरी नाटक देखाएको छ । विराट आदर्श साहित्य मञ्चको प्रस्तुतिमा विराटनगरका विभिन्न कलेज र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आत्महत्याविरद्ध सचेतनामूलक नाटक देखाएको फ्युजनका अध्यक्ष युनेशराज श्रेष्ठले जानकारी दिए । युवाहरूले अरुको लहैलहैमा लागेर गलत निर्णय नगरुन् र सत्मार्गमा लागुन् भनेर नाटक दखाएको उँहाको भनाइ छ । उँहाका अनुसार विकेभीएम, डीपीएस, कान्तिपुर कलेज, शिक्षादीप, सास्थम कलेज, अरनिको, मार्टस, स्टार, लर्डबुद्ध कलेज, ओडिसी, कान्तिपुर शिक्षा निकेतन, सिर्जना ज्ञानकुञ्ज, जेम्स, लिलीपुट प्रिमियर, अन्नपूर्ण एकेडेमी, भानु कलेज, सेन्टजोसेफ कलेज, होलिल्याण्ड, कोबास, लर्डबुद्ध स्कुललगायतमा अध्ययन गर्ने १० हजारभन्दा बढी विद्यार्थीले नाटक हेरेका थिए । नाटकले नेपालमा बढ्दो आत्महत्या रोकथाम र विद्यार्थीमा आत्मविश्वास बढाउने उँहाको भनाइ छ । नाटकमा मञ्चमा आबद्ध विद्यार्थी कलाकारहरूले अभिनय गरेको अध्यक्ष कट्वाल दीपकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button