Tune to BFM 91.2|Biratnagar

विराटनगरका ३ वटा वडामा राहत वितरण


विराटनगर २३ चैत । विराटनगर महानगरपालिकाले आज ३ वटा वडामा राहत वितरण गरिएको छ । तीव वडा वडाका २ हजार ७ सय १२ जनालाई राहत वितरण गरिएको हो ।

वडा नं १ का १ हजार ४६ जना, वडा नं ३ का ३ सय ५७ जना र ४ नम्बर वडाका १ हजार ३ सय ९ जनालाई राहत वितरण गरीएको प्रमुख भीम पराजुलीले बताउनुभयो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप कडा बनाउदै लगेपछि त्यसको प्रत्यक्ष मारमा परेका समुदायलाई राहत वितरण शुरु गरेको उहाँले बताउनुभयो ।

आज वडा नम्बर १ बाट प्रमुख भीम पराजुलीले राहत वितरणको कार्य शुरु गर्नु भएको थियो । स्थानीय तह, राजनीतिक दल, टोल संगठन सम्मिलित समितिले सिफारिस गरेका वडाका गरिब तथा बिपन्न लाई राहत सामाग्री वितरण गरिएको हो । महानगरपालिका भित्र रहेका करिब २६ हजार परिवारलाई राहत सामाग्री वितरण गर्ने जनाएको छ ।

महानगरले वितरण गरेको राहत सामाग्रीमा चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खाने तेल, एक केजी नुन र एउटा साबुन रहेको छ । महानगरले वडा समितिको कार्यालयबाट सिफारिस गरिएकालाई राहत सामाग्री वितरण गरेको छ ।

वडाले लगत लिएर कुपन बाँडेपछि सोही कुपनको आधारमा राहत सामाग्री वितरण गरिएको थियो। अन्य वडामा भोली राहत बाडिने प्रमुख पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button