Tune to BFM 91.2|Biratnagar

विराटनगरका ५ वटा वडामा राहत वितरण

विराटनगर, २५ चैत । विराटनगर महानगरपालिकाले आज ५ वटा वडामा राहत वितरण गरेको छ । वडा नम्बर ६, ११, १५, १६ र १७ का विपन्न समुदायकालाई राहत वितरण गरेको छ ।

वडा नं ६ मा १ हजार ३ सय , वडा नंं ११ का १ हजार १ सय ९५ जना, वडा नं. १५ मा १ हजार ३ सय ५० , वडा नं. १६ मा १ हजार ५ सय, वडा नं. १७ मा १ हजार ९ सय ७२ जनालाई राहत वितरण गरिएको हो ।

वडा नं. १६ मा महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, वडाध्यक्ष मनोज सुब्बालगायतले राहत हस्तान्तरण गर्नुभएको थियो । प्रतिपरिवार १२ किलो चामल, डेढ किलो दाल, दुई किलो आलु, एक किलो नून, आधा लिटर खाने तेल र हात धुने साबुन वितरण गरेको वडाध्यक्ष मनोज सुब्बाले जानकारी दिनुभएको छ ।

वडाले तयार पारेको विवरणका आधारमा राहत उपलब्ध गराइएको प्रमुख पराजुलीले बताउनुभयो । उहाँले राहत वितरण प्रणालीमा एक रुपता रहेको दाबी गर्नुभएको । लक्षित वर्गले मात्रै राहत पाउन् भनेर महानगरले प्रमाणित गरेर मात्रै वितरण गरिएको उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । महानगरले व्यवस्थित रुपमा राहत वितरण गरिरहेको उहाँले सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button