Tune to BFM 91.2|Biratnagar

विराटनगरको क्वारेन्टाइनमा रहेका सबैको नतिजा नेगेटिभ

विराटनगर, २ वैशाख । विराटनगर महानगरपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड किटबाट कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

विराटनगर १९ बैजनाथपुरस्थित स्वास्थ्य उपचार केन्द्रको क्वारेन्टाइनमा रहेका शंकास्पद ८ जना र होम क्वारेन्टाइनमा रहेका ४ जनाको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाकाले जनाएको छ । क्वारेन्टाइनमा रहेकाहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको हो ।

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले निगरानी गर्दैै आएका १२ जनाको नतिजा नेगेटिभ आएको महाशाखा प्रमुख रमेशकुमार कार्कीले जानकारी दिनुभयो ।

रिपोर्ट नेगेटिभ आएपछि १४ दिनको क्वारेन्टाइन बसेका उनीहरुलाई एकसाता घरमै सजग र सुरक्षित रहनेगरि फिर्ता गरिएको छ ।

महानगरको बैजनाथपुर क्वारेन्टाइनमा रहेका सबै घर फर्किएपछि अब कोही पनि क्वारेन्टाइनमा छैनन् । महानगरले गत चैत्रमा विदेशबाट महानगरमा आएका ३ सय १८ जनाको र्यापिड किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ ।

महानगरलाई २ सयवटा आरडीटि किट प्राप्त भएको भएपनि पीपीई सेट कम भएकोले परीक्षणमा समस्या भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button