विराटनगरको धनावत घाटको सिँगिया पुलको सडक कटानमा

0
149

विराटनगर, २८ भदौ । हिजोदेखि परेको लगातारको वर्षाले विराटनगर–२ धनावत घाटस्थित सिंघिया खोला पुल छेउको सडक कटान गरेको छ । लगातार परेको पानीले पुलको पुर्वपट्टिको लगभग ८ फिट बाटो कटान गरेको छ । गएको बाढीमा समेत सोही ठाउँमा कटान भएका कारण महिनौंसम्म आवागमन अवरुद्ध भएको थियो । यसअघिको बाढीमा पुल छेउको पर्खालसमेत बगे पनि पर्खाल नबनाई खाल्डो पुर्ने काम मात्र भएकाले यस वर्ष फेरि भरौट र ढुंगा माटो बगेपछि ८ फिट चौडाइ र १० फिट लम्बाईको गहिरो खाल्डो परेको छ । अहिले कटान सुरु मात्र भएकाले तत्काल खाल्डो पुरेर नियन्त्रण गर्न सकिने भए पनि त्यसो नगरिए आज भोलिमै पूरै बाटो कटान भएर आवागमन अवरुद्ध हुनसक्ने अवस्था छ । तत्काल थोरै खर्चमा रोकथाम गर्नसकिने भएपनि त्यसो गर्न जनप्रतिनिधिले चासो नलिएको स्थानियको भनाइ छ । कटहरीलाई विराटनगरसँग जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको सो पुल छेउको बाटो तत्काल मर्मत नगरिए बिद्यार्थी तथा सर्वसाधारणको आवत जावतमा प्रभावित हुने स्थानियको भनाइ छ । यस्तै, निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुममा पर्ने विभिन्न सडक खण्डमा पहिरो जान थालेको छ । जिल्लाको लालिगुराँस नगरपालिकादेखी आठराईको चुहानडाँडासम्म १३५ किलोमिटर सडकखण्डको दर्जनौ स्थानमा पहिरो जाँदा आवातजावतमा समस्या भएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here