Tune to BFM 91.2|Biratnagar

विराटनगरको नोबेल अस्पतालमा संक्रमित महिला र पुरुषको मृत्यु

विराटनगर, १० मंसिर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा गय राति मृत्यु भएका दुवै जना सुनसरीका हुन् । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतिर ज्यान गएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार कोरोना पुष्टि भएपछि तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषलाई बचाउन सकिएन ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो । महिलामा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या रहेको उहाँले बताउनु भयो ।

अस्पतालले दुवै मृतकमा कुनै दीर्घ रोग भएनभएको बारेमा केही पनि खुलाएको छैन । दुवै शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको दाहालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button