Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट उडानको तयारी

विराटनगर २० साउन । आगामी भदौ १ गतेदेखि विराटनगर विमानस्थल सञ्चालन गर्न सबै तयारी पूरा गरिएको छ ।

विराटनगर विमानस्थल नागरिक उड्ययन कार्यालयले यात्रु प्रस्थान, आगमन, कर्मचारी व्यवस्थापन, सुरक्षाकर्मी सबैका लागि तयारी पूरा भएको जनाएको हो । कार्यालयका प्रमुख टेकनाथ सिटौलाका अनुसार अर्काे निर्णय भएन भने आगामी भदौ १ गतेदेखि आन्तरिक हवाइ सेवा सुरु गरिनेछ ।

यसका लागि विराटनगर विमानस्थलको निर्मलीकरणदेखि भौतिक दूरी कायम गर्ने सम्मका कामहरू व्यवस्थापन गरिएका छन । विराटनगरमा भदौ १ देखि बुद्ध एयरले २, यतिले २, श्रीले २ र सौर्य एयरलाइन्सले १ गरी दैनिक ७ वडा उडान गर्ने सिटौलाले जानकारी दिनुभयो ।

विमानस्थलबाट २०१८ मा २ लाख ६९ हजार ६ सय २७ र २०१९ मा ३ लाख २८ हजार २ सय ७७ यात्रुले आगमन गरेको पाइएको छ । त्यस्तै २०१८ मा २ लाख ६८ हजार १ सय ५३ र २०१९ मा ३ लाख २३ हजार ९ सय ४८ जनाले प्रस्थान गरेको कार्यालयले जनाएको छ ।

लकडाउनका अवधिमा विमानस्थलबाट हेलिकप्टरका ३९ उडान गरिएका छन । जसमध्ये २४ वटा नेपाली सेनाका उडान हुन । ३९ उडानबाट २२ जना आएको र ४९ जना गएको प्रमुख सिटौलाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button