Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट कोरोना संक्रमित सम्पर्कविहीन

विराटनगर, ७ साउन । कोरोना संक्रमण देखिएका विराटनगरका एक ५० वर्षीय पुरुष आज सम्पर्कविहीन बनेका छन् ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा स्वाब संकलन गरेर परीक्षणका लागि कोसी अस्पतालमा पठाएको थियो । हिजो गरिएको परीक्षणबाट उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

विराटनगर महानगरपालिकाले खोजी गरिए पनि संक्रमित पुरुषको पहिचान हुन नसकेको र हालसम्म फेला नपारिएको जानकारी दिएको छ । स्वाब संकलन गर्ने क्रममा ती पुरुषको स्थायी ठेगाना लेखेको थिएन ।

ठेगानामा विराटनगरमात्रै उल्लेख गरिएको छ । पूरै ठेगाना नटिपेका कारण कोरोना पोजेटिभ देखिएका उनलाई फेला पार्न नसकिएको जनाइएको छ ।

ठेगाना स्पष्ट नहुँदा संक्रमितको पहिचान गर्नै मुस्किल परेको महानगरका एक कर्मचारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button