Tune to BFM 91.2|Biratnagar

विराटनगरबाट तीनजना सट्टेबाज पक्राउ

विराटनगर, ३ कात्तिक । यूएईमा जारी क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले मध्यरातमा विराटनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने सट्टेबाजमा विराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अली रहेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट गय राति ११ बजेतिर पक्राउ गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार पक्राउ परेकाहरुको साथबाट तीनवटा मोबाइल र सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीनवटा डायरी बरामद भएको छ ।

भित्रभित्रै गोप्य तरिकाले पैसाको बाजी लगाएर अनलाइनमार्फत हुने गरेको अवैध जुवाजन्य खेल नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको उहाँको भनाइ छ । पक्राउ परेकाहरुविरुद्ध जुवा वा सट्टेबाजी ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सट्टेबाजीलाई कानुनले पूर्ण रुपमा निषेध गरेको छ ।

प्रहरीका अनुसार कुनै पनि खेलकुद प्रतियोगिता एवं विभिन्न गतिविधी र समसामयिक परिवेषको पक्ष एवं विपक्षमा आनलाइनमार्फत ठूलो रकम बाजी लगाएर अवैध रुपमा हुने प्रतिबन्धित खेल हो सट्टेबाजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button