विराटनगरबाट लगियो ओलम्पिक टर्च

0
164

विराटनगर, २९ चैत । आठौं राष्ट्रिय खेलकुदका लागि आज विराटनगरबाट औपचारिक रुपमा ओलम्पिक टर्च लगिएको छ । विराटनगरको सहिद रंगशालामा सातौं राष्ट्रिय खेलकुद ०७३ सालमा सम्पन्न भएको थियो । आठौं राष्ट्रिय खेलकुदका विभिन्न विधाका खेल चैत २७ गतेदेखि सुरु भए पनि औपचारिक रुपमा खेलकुदको उद्घाटन भएको छैन । सुदूरपश्चिमाञ्चलको नेपालगञ्जमा वैशाख ५ गते हुने आठौं राष्ट्रिय खेलकुदको उद्घाटनका लागि पूर्व ओलम्यिन खेलाडीले ओलम्पिक टर्च विराटनगरबाट ७ वटै प्रदेशमा घुमाउँदै लैजाने छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको कार्यक्रममा प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले ओलम्पिक टर्चमा द्वीप प्रज्वलन गर्दै उद्घाटन गर्नु भयो । उक्त ओलम्पिक टर्च विराटनगर बजार घुमाउँदै सबै प्रदेशमा लगिने छ । उक्त ओलम्पिक टर्च पूर्व ओलम्पियन खेलाडी जितबहादुर केसी, मेनुका राउत, विमला राना र डम्बर लिम्बूले लिएर जानु हुने छ । उक्त ओलम्पिक टर्चको प्रज्वलन कार्यक्रमा बोल्दै प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले राष्ट्रिय खेलकुदको सफलताको शुभकामना दिँदै प्रदेशबाट सहभागी भएका खेलाडीलाई विजयी हुनका लागि शुभकामना दिनु भयो । त्यस अवसरमा प्रदेशसभा सदस्य जयराम यादव, विन्ध्या कार्की, सावित्रा रेग्मी र कुसम श्रेष्ठ, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीलगायत विभिन्न खेलकुदसँग आवद्ध व्यक्ति र खेलाडीको उपस्थिति रहेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here