विराटनगरमा अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने

0
98

विराटनगर, ६ फागुन । विराटनगरमा अन्र्तराष्ट्रिय नाटक महोत्सव हुने भएको छ । गुरुकुल विराटनगरको आयोजनामा आगामी फागुन १५ देखि २४ गते सम्म १० अन्र्तराष्ट्रिय नाटक महोत्सव गरिने आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । प्रदेश नं. १ मा पहिलो पटक अन्र्तराष्ट्रिय नाटक महोत्सव गरिन लागेका आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिनुभयो । नाटक महोत्सवमा नेपालका ५ वटा नाटक समूहका ५ वटा नाटक र भारत, बंगलादेश, श्रीलंका, अफगानस्तान र इटालीका १/१ वटा नाटक मञ्चन हुने अध्यक्ष क्षेत्रीले बताउनुभयो । दैनिक एक पटक मञ्चन गरिने नाटकमा नेपालका १ सय र अन्य मुलुकबाट १ सय जना कलाकारको सहभागिता रहने बताईएको छ । नाटक जञ्चन पछि हरेक दिन कलाकारहरुवीच अन्र्तक्रिया गरिने अध्यक्ष क्षेत्रीले बताउनुभयो । नाटक सञ्चालनका लागि करिव २२ लाख ५० हजार खर्च हुने आयोजकले बताएको छ । अध्यक्ष क्षेत्रीका अनुसार सञ्चालन खर्च स्थानीय र प्रदेश सरकारका साथै अन्य संघ संस्थाहरुबाट व्यवस्थापन गरिने छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here