Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आकाशेपुल बन्दै

विराटनगर, २५ माघ । विराटनगर महानगरपालिकाले दुई करोड ३९ लाख रुपैयाँ लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ ।विराटनगर महानगरपालिकामा सवारी–साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो ।

नगर क्षेत्रको धरान–विराटनगर सडकखन्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड (घाँसचोक) गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्सा शाखाका प्रमुख अर्जुन थापाले बताउनुभयो ।विराटगरको सौन्दर्य बढ्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने र मानिसलाई सडक वारपार गर्न सुविधा पुग्ने उद्देश्यले आकाशे पुल निर्माणसँगै विराटनगरको भित्री भागमा नगरपालिकाको खाली जग्गामा सामान्य उद्यान पनि बनाउने नगरपालिकाको योजना रहेको प्रमुख थापाले जानकारी दिनुभयो ।

विराटनगरको कञ्चनबारी चोकमा ७८ लाख, बरगाछी चोकमा ६८ लाख र भट्टीचोकमा ९३ लाख रुपैयाँ लागतमा सो पुल निर्माण गर्न लागेको उहाले बताउनुभयो । छ लेनको मापदण्डअनुसार बन्ने सो पुल फलामका हुने भनिएको छ । तीनवटै पुल निर्माण गर्ने गरी योजना अगाडि बढाएको र केही दिनमै यसको शिलान्यास भई चालु आर्थिक वर्षमै योजना सम्पन्न हुने प्रमुख थापाको भनाइ छ ।

आकाशे पुल निर्माण भएपछि जथाभावी सडक काट्ने बानी अन्त्य हुने र यसबाट सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button