Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आगलागीमा परि एक बालकको मृत्यु, २ घाईते

विराटनगर ५ पुस। गएराती विराटनगरमा आगलागीमा परि एक बालकको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो ।

आगलागीमा परि ३२ वर्षीय श्रीमती इन्दुदेवीदास र ७ वर्षीय छोरा किसनकुमार दास जलेर घाइते भएका छन् । राजेश भने शनिबार पाहुना गएका थिए । घाइतेको कोशी अस्प्ताल विराटनगरमा उपचार भइरहेको छ । उनकी श्रीमती र अर्का छोरा घाइते छन् ।

चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय विराटनगरका प्रहरी निरिक्षक दीपक थापाले बताउनुभयो । आगलागीमा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button