Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आजबाट मास्क अनिवार्य

विराटनगर, ११ साउन । विराटनगर महानगरपालिकामा बाहिरफेरो हिँडडुल गर्नका लागि आजबाट मास्क अनिवार्य गरिएको छ ।

विराटनागर महानगरपालिकामा आज सम्पन्न कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सर्वसाधारणलाई हिँडडुल गर्न दिने तर मास्क अनिवार्य गर्ने निर्णय गरेको हो । महानगरपालिका प्रमुख भीम पराजुलीका अनुसार कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गर्दा सर्वसाधारणलाई सुरक्षित रहनका लागि यो निर्णय गरिएको छ ।

प्रमुख पराजुलीले मास्क नलगाई सर्वसाधारणले हिँडेको देखिए तत्काल १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउने र लगाउन लाउने निर्णय बैठकमा भएको बताउनु भयो । त्यसका लागि महानगरबाट कर्मचारी तोकेर विभिन्न स्थानमा परिचालन गरिने छ ।

मास्क बिना बजार वा महानगरभित्र सर्वसाधारण हिँडेको भेटिएको खण्डमा सर्वसाधारणबाट १० रुपैयाँ उठाउने र मास्क प्रदान गर्ने नयाँ नियम लागू गरिएको हो । महानगरपालिका मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका कार्यमा तत्काल रोक लगाउने जनाएको छ ।

स्वास्थ्यसेवा बाहेक अन्य कार्यहरुलाई केहीदिनलाई थाँती राखिने उहाँको भनाइ छ । महागरभित्र अनुगमनलाई तीव्रता दिने बताउँदै प्रमुख पराजुलीले बजारमा सजगकता अपनाउने र सतर्कता अपनाउनेमा ब्यपारी र उद्योगी सहमत भएको जानकारी दिनु भयो ।

यसबाट समेत कोभिड १९ रोकथाममा प्रभाव देखिएन भने दोस्रो चरणमा महानगरले लकडाउनको निर्णय गर्ने पराजुलीले जानकारी दिनु भयो ।

संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुले क्षेत्रगत रुपमा सचेतनात्मक कार्यक्रम सुरु गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button