Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आजबाट शैक्षिक गतिविधी बन्द

विराटनगर, १३ वैशाख । विराटनगर महानगरपालिकाभित्र आजदेखि सबै शैक्षिक गतिविधी बन्द गरिएको छ । संघीय सरकारको निर्देशन अनुसार महानगरले वैशाखभरलाई कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै शैक्षिक गतिविधीमा रोक लगाएर शिक्षण संस्था बन्द गराएको हो ।

तीव्र रुपमा कोरोना फैलिन थालेपछि त्यसलाई रोक्न शैक्षिक संस्था बन्द गरिएको महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताउनु भयो । उहाँका अनुसार विराटनगरमा एक सय पाँचवटा संस्थागत (निजी), ५६ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालय छन् । बन्द गरिएका शिक्षण संस्थामा ६० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको खतिवडाले बताउनु भयो । कोरोना तीव्र रुपमा फैलिइरहँदा विराटनगरका निजी शैक्षिक संस्थामा फाइनल (अन्तिम) परीक्षा सञ्चालन भइरहेको थियो ।

केही विद्यालयका शिक्षक र तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक रुपमा लिइनेसबै परीक्षा तत्काललाई रोक्न निर्देशन दिइएको खतिवडाले बताउनु भयो । कोरोनाले महामारीकोे रूप लिइरहेका बेला विद्यालय सञ्चालन गर्दा झन् संक्रमण फैलने जोखिम बढेपछि शिक्षण संस्था बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । खतिवडाका अनुसार वैशाखपछि पुनः संक्रमणको अवस्था हेरेर महानगरले शैक्षिक संस्था सञ्चालनका सम्बन्धमा निर्णय लिनेछ । महानगरको निर्देशन नटेर्ने शैक्षिक संस्थालाई कारबाही गरिने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button