Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आज धेरै चिसो महसुस

विराटनगर, १९ कात्तिक । प्रदेश १ को राजधानी विराटनगरमा आज बिहान यस वर्षकै धेरै चिसो महसुस गरिएको छ । आकाश धुम्म भएर बिहानैदेखि सामान्य हावाल चलेका कारण चिसो महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार बिहान विराटनगरको न्यूनतम तापक्रम १८.५ डिग्री मापन गरिएको छ । तापक्रम कम नभए पनि पश्चिमी वायुको प्रभावले चिसो महसुस भएको जानकारी कार्यालयका प्रमुख विकाश देउजाले दिनु भयो ।

उहाँका अनुसार बिहानैदेखि मौसम धुम्म भएर पश्चिमी हावा चलेको छ । विराटनगरमा बिहान १० बजेबाट मात्रै घाम देख्न पाइएको थियो । उहाँका अनुसार अब दिन प्रतिदिन चिसो बढ्दै जानेछ । वायुको प्रभाव कायम रहेमा झन् मौसमलाई त्यसले प्रभाव पार्ने प्रमुख देउजाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button