Tune to BFM 91.2|Biratnagar

विराटनगरमा आज २७ जना संक्रमित थपिए

विराटनगर,२९ साउन । विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा जाँच गरीएको नमुनामा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार गए राति ८ जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाका अनुसार विराटनगर– २ का दुई जना , विराटनगर– ३ का एक जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ६ का दुई जना, वडा नम्बर ८ का पाँचजना र वडा नम्बर ९ का चारजना संक्रमित भएकाछन् ।

त्यस्तै वडा नम्बर १० मा दुई जना, वडा नम्बर १२ मा चारजना, वडा नम्बर १७ मा ३ जना कोरोना संक्रमित थपिएका हुन ।संक्रमितहरु १५ वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ ।

ती मध्ये ६९ जना उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button