Tune to BFM 91.2|Biratnagar

विराटनगरमा एउटै वडाका ११ सहित २२ संक्रमित थपिए

विराटनगर, २५ साउन । विराटनगरमा एउटै वडाका ११ जनासहित २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गयराति प्राप्त पछिल्लो पीसीआर परीक्षण रिपोर्टअनुसार विराटनगर महानगरपालिका–९ का ११ जनामा संक्रमण देखिएको छ । विराटनगर–१५ का एक, १४ का दुई, १२ का एक, ११ का एक, १० का दुई, ६ का एक, ३ का दुई जनामा कोरोना देखिएको छ ।

एक जनाको वडा खुलाइएको छैन । विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका एक र प्रदेश २ का चार जनामा पनि कोरोना देखिएको छ ।

२२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या दुई सय ७८ पुगेको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो ।

विराटनगरमा हिजो दिउँसो ३३ जना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button