Tune to BFM 91.2|Biratnagar

विराटनगरमा एलजीको रोड शो

विराटनगर, १८ फागुन । एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ ।

एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको एलजी रोड शोका संयोजक भोगेन्द्र चौधरीले जानकारी दिनुभयो । उपभोक्तालाई एलजीका इलेक्ट्रोनिक्स सामानहरू सञ्चालनको तरिका, अन्य कम्पनीका इलेक्ट्रोनिक्सको सामान र एलजीका सामानबीचको भिन्नतालगायतका विषयमा पनि उपभोक्तालाई जानकारी दिइने चौधरीको भनाइ छ ।

आज विराटनगरको ट्राफिक चोकस्थित एलजीको शोरुममा आयोजित रोड शोमा एलजीको वासिङ मेशिनका विषयमा उपभोक्तालाई विशेष जानकारी दिइएको थियो । रोड शोले उपभोक्तालाई एलजीका सामान उपयोगप्रति आकर्षित गरेको एलजीले जनाएको छ ।

वर्षौंदेखि उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको एलजीले रोड शोका क्रममा इलेक्ट्रोनिक्स सामानको खरिदमा लक्की ड्रमार्फत विभिन्न उपहारको पनि व्यवस्था गरेको विराटनगर शोरुमका इन्चार्ज महेश साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button