Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोनाका कारण एक पुरुषको मृत्यु

विराटनगर, १ असोज । विराटनगरमा कोरोना भाइरस संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–६ का ६६ वर्षीय पुरुषको मृत्युपछि आज बिहान १० बजे कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सुरुमा उपचारका लागि भर्ना गरिएको लाइफ गार्ड अस्पतालले उनलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि गयराति ११ बजे कोशी अस्पतालमा रेफर गरेको थियो ।

आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको राति १२ः१५ बजे मृत्यु भएको कोशी अस्पतालका आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले बताउनु भयो । मृत्युपछि स्वाब संकलन गरेर कोशीकै प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको जानकारी उहाँले दिनु भयो ।

रिपोर्ट पोजेटिभ आएसँगै पुरुषको मृत्यु कोरोनाका कारण भएको पुष्टि अस्पतालले गरेको छ । मृतकमा ज्वरो आउने, खोकी लाग्ने र दम बढ्ने समस्या रहेको डा. यादवको भनाइ छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मात्रै हालसम्म २० जना संक्रमितको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button