Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

विराटनगर, १ भदौ । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोशी अस्पताल विराटनगरमा उपचाररत एक जनाको आज साँझ मृत्यु भएको छ ।

विराटनगर ८ का ४७ बर्षीय पुरुषको साँझ ५ वजे उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.चुमनलाल दासले बताउनुभयो ।

मृतक हिजो साँझ कोशी अस्पतालमा भर्ना भएका थिए । मृतकमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या मेसु डा. दासले बताउनुभयो । उनको सोमबार विहान कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button