विराटनगरमा कोरोना केयर सेन्टर सञ्चालन हुने
विराटनगर, ५ कात्तिक । विराटनगरका उद्योगी एवं निजी क्षेत्रको सहयोगमा एक सय शैय्याको कोरोना केयर सेन्टर निर्माण हुने भएको छ ।
सेन्टर निर्माण अभियानका लागि विराटनगर महानगरका प्रमुख भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा लगायतका व्यक्तिहरुले कोभिड राहत कोष निर्माण गरि विगत केही समयदेखि निरन्तर कार्य गरिरहनु भएको छ ।
सेन्टर निर्माण गर्ने कार्यका लागि प्रमुख सल्लाहकारमा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राई र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोरालालाई राखिएको छ भने उद्योगी तथा पूर्व संविधान सभा सदस्य पवन सारडाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको मंगलबारवसेको बैठकले विराटनगरका आम नागरिक समुदायको हितका लाागि नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको र यसबाट सर्वसाधारण जनता लाभान्वित हुने सेन्टरका अध्यक्ष सारडाले बताउनु भयो ।