Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, २२ भदौ । कोरोना भाइरस संक्रमित एक वृद्धको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको आज बिहान ३ः१५ बजेतिर मृत्यु भएको हो ।

उहाँका अनुसार भदौ ११ गने संक्रमण पुष्टि भएका वृद्ध १० दिन ‘होम आइसोलेसन’मा बसेका थिए । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको पाइएको छ ।

कोरोना संक्रमण देखिएपछि ‘होम आइसोलेसन’मै रहे पनि श्वासप्रश्वासमा समस्या भएका कारण थप उपचारका लागि गत शनिबार वृद्धलाई कोभिड उपचार केन्द्रमा ल्याइएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिनुभयो ।

हालसम्म कोरोनाबाट संक्रमित भएकामध्ये विराटनगरका १५ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button