Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, २६ भदौ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान २ की महिलाको मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरबाट रेफर भएकी ७० बर्षीया महिलाको आज दिउँसो ४ :३० वजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताउनुभयो ।

वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या थपिएपछि रातिनै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । वृद्धामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने लगायतका धेरै समस्या देखिएको जानकारी उहाँले दिनुभयो ।

वृद्धाको मृत्युसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button