Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, २८ मंसिर । झापाको गौरादह घर भएकी कोरोना भाइरस संक्रमित एक महिलाको गय राति विराटनगरमा मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै राति ११ः३० बजेतिर महिलाको ज्यान गएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

मृतकमा श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतको समस्या रहेको दाहालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button