Tune to BFM 91.2|Biratnagar

विराटनगरमा कोरोना सङ्क्रमितको मृत्यु

विराटनगर, १३ वैशाख । कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा गयराति मृत्यु भएको छ । ४० वर्षीय पुरुषको उपचारका क्रममा राति १०ः१५ बजेतिर ज्यान गएको हो । विराटनगर महानगरपालिका-२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि हिजो नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार छात्ती दुख्ने र ज्वरो आउने समस्या रहेको अवस्था गम्भीर थियो । तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताउनु भयो । नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो । तर कोरोनाको दोस्रो लहर सुरु भएर अवस्था भयावह बन्न लागेपछि हिजोबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको छ ।

प्रबन्धक दाहालले यसअघि सञ्चालन गरेर बन्द गरिएको आइसोलेसन कोरोनाको दोस्रो लहर सुरु भएपछि पुनः सञ्चालन गरेर संक्रमितको उपचार गर्न थालिएको जानकारी दिनु भयो । उहाँका अनुसार पुनः आइसोलेसन सञ्चालन गरेकै पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए । भर्ना भएकामध्ये एक जना सङ्क्रमित पुरुषको ज्यान गएको दाहालले बताउनु भयो । अहिले नोबेलको आइसोलेसनमा पाँच जना संक्रमितको उपचार जारी रहेको जानकारी उहाँले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button