विराटनगरमा खुल्ला व्यायामशाला
विराटनगर २२ फागुन । विराटनगरमा आज देखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगर–५ त्रिमूर्ति चोकमा स्थापना गरेको व्यायामशालाको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो।
लायन्स क्लबले विराटनगर महानगरपालिकासँगको सहकार्यमा सात लाख ५० हजारमा निर्माण गरिएको व्यायामशाला निःशुल्क रूपमा सञ्चालन हुने लायन्स क्लब अफ विराटनगर शुभम अध्यक्ष मोनिका शर्माले बताइउनुभयो ।
विराटनगरका चार स्थानमा महानगरले खुल्ला व्यायामशाला निर्माण गर्ने निर्णय गरेको प्रमुख पराजुलीले बताउनुभयो। उहाले नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सकिने बताउनुभयो।