Tune to BFM 91.2|Biratnagar

विराटनगरमा खोप सेवा भदौ १५ सम्म स्थगित

विराटनगर, २६ साउन । विराटनगर महानगरपालिकाभित्र सञ्चालन हुने सम्पूर्ण खोपहरु आगामी भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

कोरोना संक्रमण समुदायस्तरसम्म फैलिएको भन्दै महानगरभित्रका स्वास्थ्य संस्थाहरुमार्फत प्रदान गरिने खोपका सम्पूर्ण कार्यक्रम बन्द गरिएको महानगरपालिकाले आज सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलका अनुसार सम्पूर्ण खोपका कार्यक्रमहरु आगामी भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button