Tune to BFM 91.2|Biratnagar

विराटनगरमा डेरा बसेको कोठाभित्रै एक पुरुष मृत फेला

विराटनगर, २ चैत । पर्साको वीरगञ्ज घर भएका एक पुरुष विराटनगरमा डेरा बसेको घरको कोठाभित्रै हिजोसाँझ मृत फेला परेका छन् । मृत फेला पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भएका ५० वर्षीय लम्बु दाई भनिने भीखमप्रसाद रहेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृतक भीखमप्रसाद विराटनगर महानगरपालिका–१३ की सीता घिमिरेको घरमा कोठा भाडामा लिएर एक वर्षदेखि डेरा बस्दै आएको खुलेको छ । डेरा बसेकै घरको कोठामा भित्रबाट ढोकाको चुक्कुल लगाएर सुतिरहेका उनलाई ओछ्यानमै मृत फेला पारिएको राईको भनाइ छ । उनका साथीहरुले घटनाका बारेमा थाहा पाएर प्रहरीलाई खवर गरेका हुन् ।

शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको बताउँदै डीएसपी राईले शरीरमा कुनै त्यस्तो चोटपटक भने नदेखिएको जानकारी दिनु भयो । उहाँका अनुसार भीखमप्रसाद घर लगायतका संरचना निर्माण गर्ने राजमिस्त्रीको काम गर्दै आएका एक व्यक्ति भएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button