Tune to BFM 91.2|Biratnagar

विराटनगरमा थप १० संक्रमितको मृत्यु

विराटनगर, ८ जेठ । विराटनगरमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु सवैको नोवेल शिक्षण अस्पताल विराटनगरमा पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ३, झापाका २, सुनसरीका २ सप्तरीमा १, महोत्तरीका २ जनाको मृत्यु भएको नोवेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले बताउनुभयो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका– ४ का ३५ वर्षीय पुरुष, झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुष, पुरुष सप्तरीको कन्चनरुप– १२ का ७० वर्षीय पुरुष र बर्दीबास– ५ का ६० वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको प्रवन्धक दाहालले बताउनुभयो । सुनसरीको इनरुवा– ९ का ७५ वर्षीय पुरुष, मोरङको धनपालथान गाउँपालिका– ६ की ३५ वर्षीया महिला, महोत्तरीको बर्दीबास– १ का ५१ वर्षीय पुरुष, झापाको भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका– ५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका– ३ का ३८ वर्षीय पुरुषको शुक्रबार राती मृत्यु भएको अस्पतालका प्रवन्धक दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button