Tune to BFM 91.2|Biratnagar

विराटनगरमा थप ४३ जनामा संक्रमण पुष्टि

विराटनगर, ३२ साउन । विराटनगर महानगरपालिकामा आज बिहानसम्ममा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको स्थानीय तह हो । साउन २७ र २८ गते स्वाब संकलन गरेर परीक्षण गराइएका मध्ये संक्रमण पुष्टि भएकाहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् ।

४३ जना थपिएसँगै विराटनगरमा संक्रमित संख्या पाँच सय २३ पुगेको महमनगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो ।

नयाँ थपिएका संक्रमितमा १९ जना महिला छन् । विराटनगर–२ मा चार, ३ मा छ, ४ मा तीन, ५ मा चार, ६ मा सात, ८ मा एक, ९, ११ र १५ नम्बर वडामा छ/छ जना नयाँ संक्रमित भेटिएका हुन् । हिजो दिउँसो विराटनगरमा ३८ जना नयाँ संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button