Tune to BFM 91.2|Biratnagar

विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु

विराटनगर ७ कात्तिक, । विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आज बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी कात्तिक ५ गते विहान भर्ना भएका थिए । यस्तै आज बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाकोपनि मृत्यु भएको छ ।

दाहालका अनुसार महिला असोज २९ मा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी समस्या रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button