Tune to BFM 91.2|Biratnagar

विराटनगरमा बजार पसल खुल्ने

विराटनगर २० जेठ । विराटनगर भित्रका बजार पसलहरु सञ्चालनमा आउने भएका छन् । सामाजिक दुरी कायम गरेर हरेक दिन बजार पसल खोल्न दिने निर्णय भएको छ ।

विराटनगरमा वैक तथा वित्तिय संस्थाहरु यसअघिदेखि नै विहान १० देखि दिउँसो २ वजे सम्म सञ्चालनमा रहेका छन् । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले हरेक दिन १० बजे देखी दिउसो २ बजे सम्म खोल्न दिने निर्णय गरिएको छ ।

यसैगरी विराटनगरमा रहेका ब्यापार, ब्यवसाय तथा साना व्यवसायीहरुलाई दिनको २ बजेसम्म पसल खोल्नका लागि प्रदेश सरकार र सघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको विराटनगर महानगर विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button