Tune to BFM 91.2|Biratnagar

विराटनगरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ।

विराटनगर, १९ असार । विराटनगरमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा आज बिहान विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ ।

बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति ११ः३० बजे विराटनगर –१५ रानीमा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतलाई न्युरो अस्पताल ल्याइएकोको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबिच विराटनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।बेलबारी–९ घर भइ विराटनगर–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । गएराति साढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button