Tune to BFM 91.2|Biratnagar

विराटनगरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

विराटनगर, २९ मंसिर । विराटनगरमा गय राति भएको ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ४ इक्राहीस्थित भित्री सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर राति १०ः२० बजेतिर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरी गम्भीर घाइते हुनु भएको थियो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि कोशी अस्पताल लैजाँदै गर्दा चौधरीको बाटैमा मृत्यु भएको हो । सडकमा गुडिरहेको ट्याक्टर नियन्त्रण गुमाएर सडकबाट लगभग १० फिट तलको नहरमा खस्दा दुर्घटना भएको पोदारको भनाइ छ ।

ट्याक्टरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button