Tune to BFM 91.2|Biratnagar

विराटनगरमा भएको ट्रिपर दुर्घटनामा २ विद्यार्थीको मृत्यु

विराटनगर, ३ फागुन । विराटनगरस्थित कोशी राजमार्गमा आज बिहान भएको ट्रिपर दुर्घटनामा २ जनाको मृत्यू हुनुकासाथै एकजना गम्भीर घाईते भएका छन । बुढीगंगा गाँउपालिकाको वडानम्बर १ तथा विराटनगर प्रवेशद्वार नजिकैको कोशी राजमार्गमा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईलमा सवार २ जनाको मृत्यू हुनुका साथै एकजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक सिराहाका २० बर्षिय हरेराम साह र सिरहाकै लहानका २१ बर्षिय मोहम्मद ओजिर रहेको जनाइएको छ । यसैगरि सोहि मोटरसाईलमा सवार अर्का सप्तरी रुपनीका १९ बर्षिय धनराज यादव गम्भीर घाईते भएका छन । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाईकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेट नजिकैको सडकमा ठक्कर दिएको थियो । ठक्करबाट घाईते दुईलाई कोशी अस्पताल ल्याउदा ल्याउदै बाटोमा मृत्यू भएको प्रहरीले जनाएको छ ।

टिपर चालक ग्रामथान गाँउपालिका ७ का ३५ बर्षिय शशिकुमार थन्दारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मृत्यु भएकाहरु गोल्डेन पार्क कलेज विराटनगरमा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button