Tune to BFM 91.2|Biratnagar

विराटनगरमा भदौ ५ सम्म लकडाउन थपियो

विराटनगर, २९ साउन । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ ।

महानगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आज बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि पहिलो पटक साउन १६ गते राती १२ बजे देखि साउन ३० गते राती १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो । विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन थप गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

विराटनगरमा आज सम्म ४ सय १४ जना कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button