विराटनगरमा भाइरल ज्वरोको प्रकोप

0
148

विराटनगर, २ भदौ । कोशी अस्पताल विराटनगरमा अहिले भाइरलका बिरामीहरुको चाप बढेको छ । भाइरल ज्वरोका कारण विराटनगरको कोशी अस्पतालमा बिरामीहरुको चाप बढेकोे छ । अस्पतालको ओपीडी कक्षमा यतिबेला १ हजारभन्दा बढी बिरामी आउने गरेकोमा आधाभन्दा बढी भाइरलका बिरामी रहने गरेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा पहिले ७० देखि ८० जना बिरामी आउने गरेकामा अहिले १ सय ५० भन्दा बढी बिरामी आउने गरेका छन् । आएकामध्ये आधाभन्दा बढीमा भाइरलको संक्रमण देखिने गरेको छ । भाइरलका कारण पूर्वमा सरकारी तथा निजी अस्पतालहरुमा समेत बिरामीको चाप बढेको छ । कोशी अस्पतालमा मोरङ र सुनसरीका भित्री गाउँलगायत पूर्वका विभिन्न जिल्लाबाट भाइरलका विरामीहरु उपचारका लागि आउने गरेका छन् । भाइरलका कारण ज्वरो आउने, जिउ दुख्ने, घाँटी दुख्ने खान मन नलाग्ने लगायतका समस्या देखिने गरेको छ । भाइरलबाट बच्न खानपानमा विशेष ध्यान पुर्याउनुपर्ने भन्दै चिकित्सकहरुले बढी मात्रामा झोलीय पदार्थ खान सुझाव दिएका छन् । भाइरलले विशेष गरेर बच्चा र बृद्ध–बृद्धाहरुमा बढी खतरा देखिने भएकाले सावधानी र समयमै उपचार गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here